Listen Live

‘एक्स ब्याण्ड’ को लाइभ प्रस्तुति आउँदो शनिबार
Posted On: Jan 01, 1970

‘एक्स ब्याण्ड’ को लाइभ प्रस्तुति आउँदो शनिबार

‘लाइभ म्युजिक एरा २०१६’ को दोस्रो शृंखलामा आउँदो शनिबार सन् १९९३ देखि संगीतमा निरन्तर लागेको ‘एक्स ब्याण्ड’ प्रस्तुत हुने भएको छ। प्रत्येक महिना दरबारमार्गस्थित भिक्ट्री लन्जमा हुने लाइभ संगीत श्रृंखलामा ब्याण्ड सदस्यहरुले एक दर्जन चर्चित गीत सुनाउने छन्।  
 
शिव मुखिया, सुरेन श्रेष्ठ र सजल राजभण्डारी सम्मिलित ब्याण्डका ‘लुक्न देऊ’, ‘चिया बारीमा’, ‘तिम्रो नजरले’, ‘दिन मात्र होइन तिमीलाई’, ‘कर्के हेराईले’ लगायतका गीत चर्चित छन्।
 
राति नौ बजेदेखि तीन बजेसम्म हुने कार्यक्रमलाई मोडल आयुष्मा सिंहले सञ्चालन गर्नेछिन् भने डिजे रेडमस र डिजे बिपीएमले डिजेइङ गर्नेछन्।

Comments