Listen Live

नुवाकोटमा १४ सय ३८ कर्मचारी निर्वाचनमा परिचालन हुने
Posted On: Jan 01, 1970

नुवाकोटमा १४ सय ३८ कर्मचारी निर्वाचनमा परिचालन हुने

वैशाख १३, २०७४- स्थानीय चुनावका लागि जिल्लामा १ हजार ४ सय ३८ जना कर्मचारी खटाइने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचनका लागि खटाईने कर्मचारीको नामावली लिने कार्य भइरहेको छ । यही वैशाख अन्तिमदेखि कर्मचारीहरु परिचालन गरिने छ ।

निर्वाचनमा युनियनको कार्यसमितिमा पदासिन कर्मचारीलाई भने मतदान स्थलमा नखटाई भएको छ । ‘युनियनका कार्यसमितिमा बसेका कर्मचारीलाई हामी चुनावमा खटाउँदैनौ,’ मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत महिमानसिंह विष्टले भने ।

यसैबीच, चुनावको लागि आवश्यक पर्ने निर्वाचन सामाग्री जिल्ला आइपुगेको छ । जिल्लाको १० गाउँपालिका र २ नगरपालिकाका लागि यसअघि २ लाख १४ हजार मतपत्र मंगलबार खुलेका गाउँपालिका र नगरका निर्वाचन अधिकृतको कार्यालय पुऱ्याइसकेको छ भने अन्य सामाग्रीहरु बार, मसी, कागजपत्रहरु निर्वाचन आयोगले बुधबार बिहान जिल्ला निर्वाचन कार्यालयलाई बुझाएको छ ।

जिल्लामा २ सय ४० मतदान केन्द्र र १ सय २८ मतदानस्थल छन् भने मतदाता संख्या भने १ लाख ८५ हजार ७ सय ८२ रहेको छ ।

स्थानीय चुनाव सुरक्षाका लागि म्यादी प्रहरीलाई कार्यक्षेत्र पठाउन थालिएको छ । जिल्ला प्रहरी कार्यालयले अहिलेलाई प्रहरी चौकीमा काम सिकाउन र निर्वाचनको दिन केन्द्रमै परिचालित गरिने जिल्ला प्रहरी प्रमुख एसपी देवबहादुर बोहराले बताए । जिल्लामा ७ सय ७२ जनाले म्यादी प्रहरी छन् ।

Comments